पशुपतिशम्शेर ज.ब.रा., प्रकाशचन्द्र लोहनी र कमल थापाले नेतृत्व गरेका अलग अलग पार्टीबीच एकीकरण पश्चात गठन भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिसहित कार्य सम्पादन समिति गठन भएको छ।
बिहिबार जारी राप्रपाले जारी गरेको विज्ञप्ति अनुसार, पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धि आधारपत्र बमोजिम अध्यक्ष त्रयको सहमतिमा हाललाई पार्टीका ३ सय २७ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनित गरिएको छ।
यसैगरी राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिमा ८२ सदस्य रहेका छन् जसमा ११ जना सदस्य आमन्त्रित रहने व्यवस्था गरिएको छ। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई भने केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य रहने बताइएको छ।
यसका अतिरिक्त पुराना राजनीतिकर्मी विश्वबन्धु थापाको अध्यक्षतामा राप्रपाले उच्चस्तरीय सल्लाहकार समिति गठन पनि गरेको छ।
यसैगरी राप्रपाले १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन गरेको बताएको छ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय