हिमाल दैनिक
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले आफू स्तब्ध भएको बताएका छन् । अध्यक्ष दाहालले आज एक वक्तव्यमार्फत दुर्घटनामा परी निधन भएका प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले दुर्घटनामा घाइते हुनुभएको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँहरुको निःशुल्क स्वाथ्योपचारको माग गरेका छन् । अध्यक्ष दाहालले भनेका छन्, “लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँछु ।”
"पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मा हिजो राति भएको सवारी दुर्घटनाको खबरले स्तब्ध भएको छु । उक्त दुर्घटनामा निधन हुनुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । लकडाउनको समयमा तीव्र गतिका कारण हुने गरेका यस प्रकारका सवारी दुर्घटना रोक्न सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण पनि गराउँदछु ।" – प्रचण्ड, अध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update