हिमाल दैनिक
नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक सुरु भएको छ। शनिबार सानेपास्थित पार्टी कार्यलयमा संबिधान संशोधन बारे अन्तरिक छलफल गर्न सबै पधिकारीहरुलाई छलफलमा बोलाइएको थियो । आज दिउसो १ बजेका लागि बोलाइएको बैठक तीन बजे देखि सुरु भएको थियो। बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले संबिधान संशोधनका बारे छलफल गर्न प्रस्ताब दर्ता गरेका थिए। अहिलेसम्म पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल, उप-सभापति बिमलेन्द्र निधि, विजय कुमार गच्छेदार, गगन थापा लगायतका नेताहरुले छलफलमा आफ्नो प्रतिक्रिया दिएका छन्। सभापति शेर बहादुर देउवाले बैठकमा उक्त संशोधन प्रस्ताबमा सरकारलाई साथ दिएर पारित गर्नुपर्ने धारणा राखेको पार्टीका प्रबक्ता बिश्व प्रकास शर्माले जानकारी दिए। त्यस्तै यसको अतिरिक्त सरकारले भारतसंग कुटनीतिक मध्यबाट सिमा विवादको समस्याको समाधान गर्न पनि माग गरेको छ। कोरोनाको कहर बढ्दै गर्दा सरकारको लापरबाहीले देशमा भयावह स्थिति सिर्जना भएको कांग्रेसले बताएको छ। यस बर्षको बजेटमा पनि कोरोनाको बिषय प्रवेश पाउन नसकेको निस्कर्ष निकालेको छ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update