हिमाल दैनिक
नेपाल सरकारले बिहिवार सार्वजनिक गरेको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा राष्ट्रपति, प्रधानमन्त्री सहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नक्सा हस्तान्तरण गरेकी हुन् । त्यसैगरी मन्त्री अर्यालले प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेका हुन् । गएको जेठ ५ गते बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) नक्सा स्वीकृत गरेको थियो । मन्त्रीपरिषद्ले नक्सा स्वीकृत गरेपछि बिहिवार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको हो । तस्बिर: [caption id="attachment_90713" align="aligncenter" width="756"] भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नक्सा हस्तान्तरण गर्दै[/caption] [caption id="attachment_90712" align="aligncenter" width="720"] भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उप-राष्ट्रपति नन्द बहादुर पुनलाई नक्सा हस्तान्तरण गर्दै[/caption] [caption id="attachment_90711" align="aligncenter" width="756"] भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रमुख-प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई नक्सा हस्तान्तरण गर्दै[/caption] [caption id="attachment_90708" align="aligncenter" width="720"] भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई नक्सा हस्तान्तरण गर्दै[/caption]  
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update