नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद एवं प्रतिष्ठित उद्योगपति विनोद चौधरीको संयोजकत्वमा लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति गठन गरेका छन्।
बैशाख १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण देशको विभिन्न क्षेत्रमा परेको असरबारे अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति देउवाले चौधरीको संयोजकत्वमा उक्त समिति गठन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समितिमा पार्टी निकट विभिन्न क्षेत्रका १५ जना लगानिकर्ता र रोजगारदाताहरुलाई सदस्यमा मनोनित गरिएको छ।
जसमा सांसद उमेश श्रेष्ठ, जिपछिरिङ लामा, सूर्यबहादुर केसी, मोहन आचार्य, कर्मा घले, तेजुलाल चौधरी, इन्द्र बानियाँ, पूर्व सभासद अनिल रुङ्गटा, टेकबहादुर गुरुङ, दिपक खड्का, छत्र गिरि, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहोरा रहेका छन्।
उक्त समितिलाई दुई बुँदे जिम्मेवारी दिएको छ। जसमा समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रुपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययन पश्चात पार्टीको ‘अर्थतन्त्र केन्द्रीत विशेष समिति’लाइए सुझाव दिने बताइएको छ।
यसैगर िउक्त समितिले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ। समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने पनि विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय