हिमाल दैनिक
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानका लागि बोलाएको स्थायी कमिटी बैठक एकाएक स्थगित गरेपछि नेता भीमबहादुर रावलले आपत्ति प्रकट गरेका छन्। पछिल्लो समय देशका विभिन्न भाग लगायत उपत्यका कोरोना संक्रमितको संख्या बढेको भन्दै आजको स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी प्रधानमन्त्री निवासबाट आएको विषयमा नेता रावलले ट्वीटरमार्फत त्यसबारे गम्भीर आपत्ति प्रकट गरेका हुन्। आजको बैठक स्थगित गर्नुमा आफ्नो सुरक्षामा खटिएका एक प्रहरीमा कोरोना संक्रमण देखिएको भनि प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले एक समाचार संस्थालाई दिएको बताउँदे रावलले भनेका छन्, ‘के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ। प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ । यस्तै मति र बुध्दिले समस्या बढेका छन् ।तथ्य यस्तो छ।’ https://twitter.com/BhimRawal179/status/1260510657700478977 साथै उनले पार्टीको विधानमा उल्लेखित प्रावधान अनुसार २५ प्रतिशत सदस्यहले लिखित रुपमा स्थायी कमिटी बैठक बोलाउन माग गरेमा नेतृत्वले यसरी निवेदन दिएको १५ दिनभित्र बैठक बोलाउनु पर्ने व्यवस्था रहेको रावलले बताएका छन्। वैशाखको पहिलो साता सरकारका केही विवादस्पद कामसँगै अध्यादेश जारी भएपछि नेकपाका २० सदस्यले स्थायी कमिटीको बैठक बोलाउन माग गरेका थिए। वैशाख २५ गतेका लागि तय गरिएको बैठक एकाएक स्थगित भएको थियो।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update