हिमाल दैनिक
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसद बैठक डाक्न सरकारसँग माग गरेको छ । पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले छिटो संसद बैठक बोलाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । संसद बोलाउन ढिलो गर्दा बजेटबारेको छलफल प्रभावित हुने कांग्रेसले तर्क गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अबिलम्ब संसद बैठक बोलाउनुपर्ने केन्द्रीय समितिले माग रहेको जानकारी दिँदै अबिलम्ब संसद बैठक बोलाउनुपर्ने बताए । त्यस्तै कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको काम सन्तोषजनक नभएको उनले बताए । अत्यावत्यक सामाग्री ल्याउन सरकार असफल रहेको र राहतको काममा सरकारले सफलता पाउनु नसकेको उहाले बताए । बैठकमा प्रतिपक्षी दलको रुपमा भूमिका बढाउने पर्ने बारे पनि छलफल भएको उनले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update