नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय सचिवालयकाे बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहि समय अगाडी नेकपाको सचिवालयको बैठक सुरु भएको हो। सचिवालयका सबै सदस्यहरु बैठकमा उपस्थित छन्। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गरेको अध्यादेश र पछिल्लो पटक सरकारको काम कारबाहीको बारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री ओलीले बैशाख ८ गते पार्टीमा छलफल नगरी दुई विवादित अध्यादेश जारी गरेपछि पार्टीमा विवाद चर्किएको थियो। आज दिउसो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले आफ्नो पक्षमा रहेका सांसदहरुको हस्ताक्षर संकलन गरेका थिए।
संघिय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका १०० जना सांसदहरुको हस्ताक्षर संकलन भएको ओली खेमाका एक सांसदको दाबी गरेका छन् । प्रधानमन्त्री पद र पार्टीको अध्यक्ष पदबाट हटाउने शुरमा रहेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र बरिष्ठ नेता माधब कुमार नेपाललाई ओलीले आफ्नो शक्ति प्रदर्शन गर्न हस्तक्षर गरेका थिए । पार्टीमा ओली अल्पमतमा परेपछि ओलीले दिनभर संसदहरुको हस्ताक्षर संकलन गरेर आफ्नो शक्तिको प्रदर्शन गर्ने तरकारमा थिए।
ओली मात्र नभई प्रचण्ड र नेपाल पनि हस्ताक्षर संकलन गरेका छन्। बैठकमा आफ्नो शक्तिको प्रदर्शन गर्न सबैले आ-आफ्ना खेमाका सांसदहरुले हस्ताक्षर प्रस्तुत गरेका छन्।
त्यस्तै आज प्रधानमन्त्री निवासमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। स्रोतका अनुसार कोरोनाको महामारीलाई मध्यनजर राखेर पत्रकारलाई प्रबेशमा रोक लगाइएको बताइएको छ। यस अघि पत्रकारहरुलाई यसरी निवासमा प्रवेश गर्न रोक लगाइएको थिएन।
आज प्रधानमन्त्री निवास अघि सुरक्षा व्यवस्था पनि अरु बेलाहरु भन्दा कडा गरिएको छ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय