हिमाल दैनिक
नेपाली कांग्रेसमा लामो समयदेखि अन्तरिक विवादका कारण केन्द्रिय समितिका बैठकमा सबै पक्षका सदस्यहरु उपस्थित थिएनन्। बुधबार फोरोमबाट थपिएका केन्द्रिय सदस्यको अतिरिक्त आमन्त्रित सदस्यहरुको संख्या पनि थपेपछि कोंग्रेसको केन्द्रिय समितिको बैठक पार्टी कार्यलय सानेपामा बस्दैछ। यस अघि केन्द्रिय समितका सदस्यहरुका लागि मात्र ठेलमठेल गरेर बैठक रखिएकोमा आज केन्द्रिय सदस्यहरुलाई समेत व्यवस्थापन गर्न पार्टीको सभा हलमा बैठक राखिएको छ। बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणमा सामाजिक दुरी कायम गराउन पनि कांग्रेसले आफ्नै कार्यालयको पहिलो तल्लमा रहेको मिथिला हलमा बैठक रखिएको छ। प्लास्टिकका कुर्चीहरु प्रत्येक ३ फितको दुरी कायम गरि सदस्यहरुलाई बस्ने व्यवस्था मिलाइएको छ। यसअघि फोरोमबाट सिफारिस बहेका सदस्य र आमन्त्रित सदस्यहरुको मनोनयन प्रति आपति जनाउदै बैठकमा अनुपस्थित रहदै आएका थिए। असन्तुष्ट पक्षले पनि आजको बैठकमा आफ्नो उपस्थिति जनाएका छन्।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update