हिमाल दैनिक
यो आर्थिक बर्ष नयाँ योजना थप नहुने: सहरी मन्त्रालय
sahakari-mantralay
आगामी वर्षका लागि नयाँ योजनाहरू थप नहुने सहरी विकास मन्त्रालयले जनाएको छ । गत वर्षका योजनाहरूलाई निरन्तरता दिने गरी अर्थ मन्त्रालयबाट बजेट प्रस्ताव गर्न निर्देशन आएको भन्दै नयाँ योजना थप नहुने मन्त्रालयको भनाई छ । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलमा मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अर्थ मन्त्रालयको निर्देशनअनुसार बजेट प्रस्ताव गरिएको बताए  । सांसदहरूले एक निर्वाचन क्षेत्रमा एक योजना पर्ने गरी बजेट प्रस्ताव गर्नुपर्ने सुझाएका छन् । विगतका वर्षहरूमा शक्ति र पहुँचका आधारमा योजनाहरू पर्ने परम्परा तोड्दै समानुपातिक ढंगले बजेट विनियोजन गर्न सांसदहरूले सुझाव दिएका हुन् । सांसद जीवनराम श्रेष्ठले बजेट वितरण नीति ठीक नभएका कारण कसैकोमा बजेट नपर्ने कसैको धेरै पर्ने गरेको सुझाव दिए । सांसद गणेश पहाडीले एउटा निर्वाचन क्षेत्रमा एउटा कार्यक्रम नछुट्ने गरी बजेट बनाउन आग्रह गरे । छलफलपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने सरकारको योजना रहेको जानकारी दिए । छलफलमा बैतडी, सिन्धुली, नुवाकोट कैलाली लगाएतका सांसदहरुको सहभागीता रहेको थियो । आगामी वर्षका लागि नयाँ योजनाहरू थप नहुने सहरी विकास मन्त्रालयले जनाएको छ । गत वर्षका योजनाहरूलाई निरन्तरता दिने गरी अर्थ मन्त्रालयबाट बजेट प्रस्ताव गर्न निर्देशन आएको भन्दै नयाँ योजना थप नहुने मन्त्रालयको भनाई छ । मन्त्रालयमा मंगलबार सांसदहरुसँगको छलफलमा मन्त्रालयका सचिव मधुसूदन अधिकारीले अर्थ मन्त्रालयको निर्देशनअनुसार बजेट प्रस्ताव गरिएको बताए । सांसदहरूले एक निर्वाचन क्षेत्रमा एक योजना पर्ने गरी बजेट प्रस्ताव गर्नुपर्ने सुझाएका छन् । विगतका वर्षहरूमा शक्ति र पहुँचका आधारमा योजनाहरू पर्ने परम्परा तोड्दै समानुपातिक ढंगले बजेट विनियोजन गर्न सांसदहरूले सुझाव दिएका हुन् । सांसद जीवनराम श्रेष्ठले बजेट वितरण नीति ठीक नभएका कारण कसैकोमा बजेट नपर्ने कसैको धेरै पर्ने गरेको सुझाव दिए । सांसद गणेश पहाडीले एउटा निर्वाचन क्षेत्रमा एउटा कार्यक्रम नछुट्ने गरी बजेट बनाउन आग्रह गरे । छलफलपछि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुरक्षित आवास कार्यक्रमलाई प्रथामिकतामा राखेर एक लाख परिवारलाई खरको छानाबाट विस्थापन गराई जस्ताको छानोमुनि बसाल्ने सरकारको योजना रहेको जानकारी दिनुभयोे । छलफलमा बैतडी, सिन्धुली, नुवाकोट कैलाली लगाएतका सांसदहरुको सहभागीता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update