नेपाल प्रहरीका पूर्व आइजीपी सर्वेन्द्र खनाल, नेकपाका नेता द्वयमहेश बस्नेत र कृष्णबहादुर श्रेष्ठ (किसान) विरुद्ध जोहरी लिन सरकारी वकिलको कार्यलयले अस्वीकार गरेको छ ।
अपहरण मुद्धामा जाहेरी दर्ता गर्न जनता सामाजवादी पार्टीका नेताहरू मंगलवार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय पुगेका थिए । जसपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवलाई केही दिन अघि उहाको घर महोत्तरीबाट दबाब दिएर काठमाडौँ ल्याएको आरोप लगाइएको छ ।
अध्ययनका लागि एक हप्ता लाग्ने भन्दै सरकारी वकिलको कार्यालयले जाहेरी दर्ता गर्न नमानेको हो । सरकारी वकिलको कार्यलय काठमाडौंमा जाहेरी दिन आएको तर निवदेन नलिइएको समाजवादीका नेता राजेन्द्र महत्तोले जानकारी दिए ।
जाहेरी दर्ता गर्न पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, अशोक राई, राजेन्द्र महतोलगायतका नेताहरू सरकारी वकिलको कार्यालय पुगेका थिए। यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंले अपहरणको उजुरी लिन अस्वीकार गरेको थियो । यस्तै समाजवादीले उजुरी दिने थाहा पाएपछि नेकपाका कार्यकर्तापनि बबरमहल पुगेका थिए । उनीहरुले देश टुक्राउने गरि नेकपामाथि प्रहार भइरहेको भन्दै नारावाजी गरेका थिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय