हिमाल दैनिक
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटबार्ता सुरु भएको छ। पछिल्लो समय नेकपा पार्टी भित्रको चर्किएको विवादको बारेमा छलफल गर्न अध्यक्ष दाहाल प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। त्यस्तै आज बस्ने सचिवालय बैठक बस्ने वा नबस्ने भन्ने अन्योलमा छ। नेकपा भित्रै देखिएको विवादका कारण स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक माग गर्दै आएपछि पहिले सचिवालय बस्ने नेताहरुबीच सोमबार सहमति भएको थियो । पार्टी भित्र बढ्दै गएको विवादकाे कारण खोज्ने र समाधान निकाल्नु पर्ने विषयमा हिजो प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचका नेताहरुबीच छलफल भएको थियो । दुई पक्षका नेताहरुबीच सचिवालयको बैठकपछि स्थायी समितिको बैठककाे मिति टुंगो लगाउने कुरा भएकाे र त्यसैकाे पर्खाइमा रहेकाे स्थाइ समिति सदस्य सुरेन्द्र पाण्डेले बताए । प्रधानमन्त्री ओलीले आफूखुशी निर्णय गर्ने गरेको भन्दै स्थायी समिति सदस्यहरुले त्यसको स्पष्ट जवाफ र आगामी दिनमा एकलौटी निर्णय नगर्ने प्रतिबद्धता जनाउनु बताउँदै आएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update