हिमाल दैनिक
आजबाट सर्वोच्चमा नियमित सुनुवाइ
95144406_176719890152190_5736300218220019712_n
सर्वोच्च अदालतको पूर्ण बैठकले मंगलबारदेखि रिट निवेदन दर्ता र त्यसको सुनुवाइ गर्ने निर्णय गरेको छ । लकडाउनको अवधिमा अदालतबाट सम्पादन हुने काम–कारबाही तथा सेवाप्रवाहको सम्बन्धमा यसअघिको पूर्ण बैठकको निर्णयअनुसार व्यवस्थापनलाई निरन्तरता दिइने भएको छ ।
‘विपद्मा सामाजिक र भौतिक दूरी कायम गर्नुका साथै स्वास्थ्य सुरक्षाप्रति थप सावधानी अपनाउनुपर्ने भएकाले यस प्रकारका रिट निवेदनको दर्ता र सुनुवाइको क्रममा सेवाग्राही, कानुन व्यवसायी तथा कर्मचारीसमेतको आवागमन र उपस्थितिमा आवश्यक नियमन, नियन्त्रण र व्यवस्थापन प्रशासनले मिलाउने निर्णय पनि गरेको’ सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विश्वभर महामारीका रूपमा फैलिएको कारोना भाइरसको संक्रमण फैलन नदिन यसअघि ७ चैतदेखि अदालतले सेवाप्रवाह सीमिततासहित व्यवस्थापन गर्दै आएको थियो ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update