नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबार (आज) बस्दैछ ।
नेकपा भित्रै देखिएको विवादका कारण स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बैठक माग गर्दै आएपछि पहिले सचिवालय बस्ने नेताहरुबीच सोमबार सहमति भएको थियो ।
पार्टी भित्र बढ्दै गएको विवादकाे कारण खोज्ने र समाधान निकाल्नु पर्ने विषयमा हिजो प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीचका नेताहरुबीच छलफल भएको थियो ।
दुई पक्षका नेताहरुबीच सचिवालयको बैठकपछि स्थायी समितिको बैठककाे मिति टुंगो लगाउने कुरा भएकाे र त्यसैकाे पर्खाइमा रहेकाे स्थाइ समिति सदस्य सुरेन्द्र पाण्डेले बताए ।
प्रधानमन्त्री ओलीले आफूखुशी निर्णय गर्ने गरेको भन्दै स्थायी समिति सदस्यहरुले त्यसको स्पष्ट जवाफ र आगामी दिनमा एकलौटी निर्णय नगर्ने प्रतिबद्धता जनाउनु बताउँदै आएका छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय