हिमाल दैनिक
प्रहरीले सांसद अपहरणको उजुरी नबुझ्दा ‘ओलीतन्त्रको चिहान’ अझै गहिरियोेः भट्टराई
baburam bhattrai
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले अपहरणको आरोपमा उजुरी दिन जाँदा राजधानीकै प्रहरीले प्रधानमन्त्रीको आदेशमा उजुरी लिँदैन भने देशका दूरदराजमा जनताको न्यायमाथिको पहुँच के होला भनि प्रश्न उठाएका छन्। आफ्नो दलका सांसदको अपहरणविरुद्ध किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्विकार गरेपछि प्रधामनमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध चर्को रोष प्रकट गर्दै यसले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको संकट गहिरिएर गएको दाबी गरेका छन्। तत्कालिन समाजवादी पार्टी नेपालको संसदीय दल विभाजनको योजना बनाएर प्रधानमन्त्री ओलीको निर्देशनमा पूर्व आइजीपी सर्वेन्द्र खनाल र सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले समाजवादीका सांसद सुरेन्द्र यादवलाई बुधबार करकापमा पारी जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे आइतबार काठमाडौं महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन पुगेका पार्टी नेताहरुको उजुरी लिन प्रहरीले अस्विकार गरेपछि नेता भट्टराईले आफ्नो ट्वीटर र फेसबुक मार्फत ओली सरकारविरुद्ध आक्रोस पोखेका हुन्। उनले भनेका छन्, ‘देशको राजधानीमै अपहरण जस्तो गम्भीर मुद्दामा पूर्व प्रम÷उपप्रम÷मन्त्री (८ जना), वहालवाला सांसद (६ जना), एक दर्जन वकिल र दर्जनौं पत्रकारको सामुन्ने पीडित पक्षले जाहेरी दिंदा ओलीतन्त्रले प्रहरीलाई नलिन आदेश दिनसक्छ र रोक्छ भने गाउँका कुनाकाप्चामा के हुँदो हो?’ https://twitter.com/brb1954/status/1254392268984729600 आइतबार अपरान्ह दुई घण्टासम्म प्रहरी परिसरका प्रहरी प्रमुखसँग गलफत्ति गर्दा पनि महानगरीय प्रहरी प्रमुखले आफ्नो बाध्यता देखाउँदै उजुरी लिन असमर्थ रहेको बताएपछि नेता भट्टराईले एक पछि अर्को ट्वीट गर्दै भनेका छन्, ‘यसले ओलीतन्त्रको चिहान अझै गहीरोसंग खन्यो है१’ https://twitter.com/i/status/1254396305683537920 पछिल्लो चार घण्टा दुइवटा ट्वीटरमार्फत आक्रोस पोखेका नेता भट्टराईले यसअघिको स्टाटसमा भनेका छन्, ‘यत्रो देशविदेश तरंगित गराइरहेको सांसद अपहरण सम्बन्धी मुद्दा पीडित ब्यक्तिले महानगरीय प्रहरी परिसर काठमाण्डौमा समयभित्र विधिसम्मत ढंगले जाहेरी दिन लाग्दा दर्ता गर्न इन्कार गरिन्छ भने ओलीतन्त्रमा कानूनको शासन कायम हुन्छ र नागरिकको जीवनरक्षा हुन्छ भनेर कसरी विश्वास गर्ने?’ https://twitter.com/brb1954/status/1254358036304388097
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update