हिमाल दैनिक
  प्रहरीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालविरुद्ध अपहरण तथा शरीर बन्धकको जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको छ । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायतका नेताहरुसहित पूर्व स्वास्थ्यमन्त्री डा सुरेन्द्र यादव जाहेरी दर्ता गर्न महानगरिए प्रहरी परिसर टेकु पुगेपनि जाहेरी दर्ता गर्न अस्वीस्कार गरेको हो । मुद्दा शाखाले घटना महोत्तरीको भएको भन्दै उतै गएर उजुरी दिन सुझाव दिएको थियो । कार्यालय समय सकिने केही मिनेटअघि काठमाडौं परिसरका नवनियुक्त प्रमुख एसएसपी श्याम ज्ञवाली टेकु आएर जाहेरी दिन ठाडै अस्वीकार गरिदिएको पूर्वप्रधानमन्त्री एंवम् जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जानकारी दिए  । उनले जाहेरी दर्ता नगर्न माथिबाट आदेश आएको हुनसक्ने आशंका व्यक्त गरे । भट्टराईले सांसदलाई सत्तारुढ दलकै सांसदहरु अपहरण गर्नु दुर्भाग्य भएको बताए । सरकारले संविधान लत्याएर राज्यलाई अपराधीकरणमा लगेको आरोप लगाउदै मुलुक गम्भीर संकटमा पुगेको जिकिर गरे । भट्टराईले भने ‘एसएसपीले जाहेरी दर्ता गर्न ठाडै अस्वीकार गरिदिनुभयो। उहाँलाई थाहा छ जाहेरी दर्ता गर्नुपर्छ भन्ने तर उहाँलाई माथिबाट आदेश आएको छ,’ भट्टराईले थपे ,‘ओलीतन्त्रमा प्रहरी/कर्मचारी सबै डराएका छन्।’ https://www.facebook.com/himaldainik/videos/2685230011700665/?t=2 त्यस्तै अपहरणमा परेका भनिएका डा यादवले आफुलाई काठमाडौं ल्याइएको घटनाको सहि गलत प्रहरीले छानविन गर्नुपर्ने बताए । उनले आफुलाई अपहरण गरेर नै ल्याएकाले प्रहरीमा उजुरी दिन आएपनि उजुरी नलिएको तर्क गरे । प्रहरीले जाहेरी लिन नमानेपछि टेकु पुगेका सांसद यादवसहित जनता समाजवादी पार्टीका नेताहरु फर्किएका थिए । खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं आरोप समाजवादीले लगााएको छ । पूर्वआइजिपी खनाल र पूर्वमन्त्री समेत रहेका सांसद बस्नेतले भने आफूहरूले यादवलाई अपहरण गरेको नभई उनकै योजनाअनुसार काठमाडौं आउन सहजीकरण गरेको दाबी गर्दै आएका छन्   ।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update