हिमाल दैनिक
प्रहरीले पूर्व प्रहरी महानिरीक्षक खनाल, सांसद बस्नेत र श्रेष्ठबिरुद्ध उजुरी लिन आनाकानी
95108100_10222146847929869_2118061090502868992_n
तत्कालिन समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवको अपहरणमा संलग्नताको आरोपमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठकविरुद्ध जनता समाजबादी पार्टीको उजुरी प्रहरीले लिन  आनाकानी गरेको छ। गत बुधबार राजपासँग पार्टी एकीकरण गरेर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितका नेता कार्यकर्ताहरु आइतबार अपरान्ह महानगगरीय प्रहरी परिसर टेकुमा पुगेर पार्टी सांसद यादवको अपहरण गर्ने क्रियाकलापमा संलग्न दोषीउपर किटानी जाहेरी दिन गएका थिए। पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठकविरुद्ध अपहरणको उजुरी प्रहरीले लिन नमानेपछि अहिले उजुरी दिन पुगेका नेता तथा कार्यकर्ताहरु टेकु स्थित प्रहरी परिसरमा बसी राखेका छन्। उजुरी दिने समुहका नेता राजेन्द्र श्रेष्ठका अनुसार प्रहरीले उजुरी लिन नमाने पछि उनीहरु डेढ घटनादेखि प्रहरी परिसरमा बसी राखेका छन्। हिमाल दैनिकका संवाददातासंग कुरा गर्दै सांसद श्रेष्ठले भने ,'हामी अहिले प्रहरी परिसरमा बसी राखेका छौ। यहाँ एसपी साब हुनुहुन्न। प्रहरीले यो घटना महतोरीमा घटेको हो महतोरीमा जानु भनेका छन्। यो घटना काठमाडौँबाट सुरु भएकाले उजुरी यही लिनु पर्छ भने हाम्रो धारणा हो। '
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update