हिमाल दैनिक
पूर्व आइजी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्ध अपहरणको उजुरी दिन बाबुराम्रसहितका नेताले काठमाडौं प्रहरी कार्यालयमा
94455080_10222146847809866_7413455221839364096_n
तत्कालिन समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएर पार्टी फुटाउने योजनामा संलग्न पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठकविरुद्ध उनको पार्टीले प्रहरी समक्ष किटानी जाहेरी दिएको छ। गत बुधबार राजपासँग पार्टी एकीकरण गरेर बनेको नयाँ पार्टी जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतोसहितका नेता कार्यकर्ताहरु आइतबार अपरान्ह महानगगरीय प्रहरी परिसर टेकुमा पुगेर पार्टी सांसद यादवको अपहरण गर्ने क्रियाकलापमा संलग्न दोषीउपर किटानी जाहेरी दिएका हुन्। नेता भट्टराईका सहयोगी विश्वदिप पण्डेका अनुसार शीर्ष नेताहरुले महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा। सुरेन्द्र यादवको राजनीतिक अपहरणु गर्नेविरुद्ध किटानी जाहेरी दिएको स्टाटसमार्फत सार्वजनिक गरेका छन्। गत सोमबार मधेस केन्द्रीत दल विभाजनको कुत्सित उद्देश्य लिएर पार्टीभित्रको विरोधका बाबजूद प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेका थिए। दल विभाजनका लागि हाल रहेको ऐनको जटिल व्यवस्थालाई खुकुलो पारेका प्रधानमन्त्री ओलीको योजना र निर्देशनमा पूर्व प्रहरी प्रमुख खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठसहितको टोली बुधबार महोत्तरीहुँदे जनकपुर पुगेर सांसद यादवलाई करकापमा पार्दै काठमाढौं ल्याएका थिए। सोही राती बाटोमा प्रधानमन्त्रीसँग फोन वार्ता गराई समाजवादी पार्टी विभाजनमा सहयोग गरे मन्त्री बनाइदिने आश्वसन दिइएका सांसद यादवलाई राजधानीको मेरियट होटलमा कडा सुरक्षाबीच राखिएको र बिहिबार बिहान मर्निङवाकमा जाने बहानामा आफू भागेर बाबुरामका सहयोगी विश्वदिपसँग गएको आरोप स्वयं सांसद यादवले लगाएका थिए। सोही राती नै राजपा र समाजवादीका नेताहरुले पार्टी एकीकरण गरी दल विभाजनको योजना विफल बनाइदिएपछि शुक्रबार प्रधानमन्त्री ओलीले विवादस्पद र औचित्यहिन राजनीतिक दल सम्बन्धी अध्यादेशसँग अर्को संविधान विपरितका प्रावधान राखेर जारी गरिएको संवैधानिक परिषद ऐन संशोधन अध्यादेश पनि खारेज गरेका थिए। यसरी खारेजीमा परेको अध्यादेश र त्यसमा उल्लेखित दफाहरुबारे कुनै उल्लेख नहुँदा हाल दुबै ऐनका केही प्रावधानहरु अपूर्ण हुन पुगेका छन्।
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update