प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार जारी गरेका दुबै अध्यादेश बाध्य भएर शुक्रबार फिर्ता लिए लगत्तै नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री ओलीको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएका छन्।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय सार्वजनिक भएलगत्तै नेता थापाले आफ्नो फेसबुकमार्फत प्रतिक्रिया स्वरुप अध्यादेश फिता र धन्यवादको पदावली राख्दै आश्चर्य व्यक्त गरेका छन्।
त्यतिमात्रै होइन नेता थापाले समाजवादी पार्टी नेपालका सांसद सुरेन्द्र यादवको अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याउनेदेखि उक्त दल विभाजनको असफल प्रयासप्रति नेता थापाले गम्भीर प्रश्न उठाएका छन्।
जसमा उनले भनेका छन्, ‘अध्यादेश फिर्ता! अनि धन्यवाद! सांसद उठाउनेलाई गाली तर, बालुवाटारमा बसेर षडयन्त्रका तानावाना बुन्ने र आदेश दिनेलाई भने सलामी१ तैं चुप मै चुप१ सबै खत माफ?’
https://twitter.com/thapagk/status/1253685994273910785
बिहिबार होटलबाट उम्किएका समाजवादी पार्टीका सांसद यादवले आफूलाई प्रधानमन्त्री ओलीकै निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रत्यक्ष संलग्नतामा नेकपा सांसद महेश बस्नेत र किसान श्रेष्ठले आफ्नो चाहना विपरित जनकपुरबाट काठमाडौं ल्याएर मन्त्री बनाइदिनेदेखि आवश्यक सबै व्यवस्था मिलाइदिने आश्वासन दिएको आरोप सार्वजनिक गरेका थिए। यसरी यादवलाई अपहरणको शैलीमा काठमाढौं ल्याउन लगाउन मुख्य योजनाकार प्रधानमन्त्री ओलीलाई धन्यवाद र आदेश अनुसार काम गर्ने पूर्व आइजी खनाल र सांसदद्वयलाई गाली गर्ने कुरा न्यायोचित नभएको आशय व्यक्त गरेका छन्।
थापाले यसलाई राजनीतिको विकृत धन्दाको संज्ञा दिँदै देशको कार्यकारी प्रमुखले बैधानिकता गुमाएको र उक्त नेतृत्वले अहिलेको संकट पार लगाउन र संविधानको मर्ममाथि प्रहार गर्नेले संविधानको रक्षा गर्न नसक्ने दाबी समेत गरेका छन्।
उनले थप्दै लेखेका छन्, ‘राजनीतिको विकृत धन्धा त यसरी चल्ला तर, वैधता गुमाएको कमाण्डरबाट न यो महासंकट पार लाग्छ न त संविधानको भक्षकबाट यसको रक्षा नै हुनेछ।’
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय