हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भईराखेको छ। गत सोमबार संबिधानको मर्म र सहमतिको राजनीतिक पद्धतिलाई  लत्याउँदै  दुई विवादास्पद अध्यादेश जारी गरेका प्रधानमन्त्री ओलीले चौतर्फी बिरोध खेप्न नसकेपछि आफ्नो निर्णयबाट पछि हटेका थिए। मन्त्रिपरिषदको बैठकबाट राजनीतिक दल सम्बन्धि अध्यादेश र संवैधानिक परिषद ऐन  संसोधन अध्यादेश फिर्ता गर्ने निर्णय गरेलगतै बिहिबार अपरान्ह प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दलका नेता एबं नेपाली कांग्रेसका सभापति देउबालाई  टेलिफोन गरि बालुवाटार बोलाएका थिए। अहिले प्रधानमन्त्री र देउबाबीच वार्ता भईराखेको छ।  वार्ताको  बिषयबस्तुकोबारे भने केहि उल्लेख गरिएको छैन।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update