सरकारले जारी गरेको दुई विवादास्पद अध्यादेश खारेज गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गत सोमबार जारी गरेको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गरेको हो।
बैशाख ८ गते सरकारले एक्कासी दुई विवादास्पद अध्यादेश ल्याएको थियो। सरकारको निर्णय गरेको केहि घण्टामा नै राष्ट्रपतिले हतार-हतारमा प्रमाणित गरेर त्यही दिनमा राजपत्रमा समेत प्रकाशन गरिएको थियो। कोरोनाले देश लकडाउनमा भएको बेला सरकारले कसैसंग परामर्श नलिई यसरी अध्यादेश ल्याएको भन्दै सत्ता पक्षकै नेताहरुले बिरोध गर्दै आएको थिए।
यसरी सरकारले जारी गरेको अध्यादेश खारेज गर्न सरकारले राष्ट्रपति बिद्या देवी भण्डारीलाई सिफारिश गर्नेछ। सरकारको सिफारिशमा राष्ट्रपतिले दुवै अध्यादेश गर्नेछिन्।
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय