हिमाल दैनिक
‘कुत्सित मनसाय’ले कुनै राजनीतिक परामशविनै राजनीतिक दल सम्बन्धी ऐन र संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेपछि चौतर्फी आलोचनाबाट थलिएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शीतल निवासमा पुगेका छन्। राजनीतिक दल विभाजनमा खुकुलो प्रावधान राख्दै अध्यादेश जारी गरेर मधेस केन्द्रीत दल विभाजनको योजना बनाए पनि सरकारको नेतृत्वभन्दा एक कदम अगाडि मधेसवादी दल बढेर समाजवादी पार्टी र राजपाबीच बुधबार मध्यरातमा पार्टी एकीकरण भएपछि अध्यादेशको औचित्य नरहेपछि प्रधानमन्त्री ओलीमाथि अध्यादेश फिर्ता लिन पार्टीभित्रैबाट पनि चर्को दबाब परेको थियो। बिहिबार बिहानदेखि दिनभर पार्टीका द्ध्वितीय अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरुसँग परामर्श गरेका प्रधानमन्त्री साँझ शीतल निवास पुगेका छन्। नेकपा पार्टी स्रोतका अनुसार, अध्यक्ष दाहाल र नेपालसहित २० स्थायी कमिति सदस्यहरुले अध्यादेश फिर्ता गर्न दबाब दिएपछि प्रधानमन्त्री ओली विधेयक फिर्ता लिन तयार भएको समाचार प्रकाशित भएको थियो। यसैगरी नेकपाका शीर्ष नेताहरु दाहाल, नेपाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरु भैँसेपार्टीस्थित एक नेताको निवासमा परामशृ गरिरहेका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update