प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको योजना विफल बनाउँदै संघीय संसदमा रहेका दुई राजनीतिक दलहरु— ‘समाजवादी पार्टी नेपाल र ‘राष्ट्रिय जनता पार्टी, नेपालबीच पार्टी एकाता गरी जनता समाजवादी पार्टी बनेकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन्।
राजनीतिक दल सम्बन्धी ऐनमा रहेको दफा ३३ को प्रावधान परिमार्जन गर्दै राजनीतिक दल विभाजनको खुकुलो व्यवस्था राखेर समाजवादी पार्टी नेपालको संसदीय दल विभाजनको योजना बनेको चाल पाएपछि बुधबार एकाएक मध्यरातमै उक्त पार्टीका नेताहरुले राजपाका नेताहरुसँग बैठक गरी पार्टी एकीकरण गरेको घोषणा गरेका थिए।
बिहिबार बिहानै निर्वाचन आयोगमा उक्त एकीकृत पार्टीका नेताहरु निर्वाचन आयोगमा गएर नयाँ दल बनाएको जानकारी दिएपछि समाजवादी पार्टीको विभाजनको चलखेल विफल भएको थियो।
त्यस लगत्तै कांग्रेस सभापति देउवाले विज्ञप्ति जारी गर्दै दुई पार्टीको एकीकरणले बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजवुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
नवगठित ‘जनता समाजवादी पार्टीको नेतृत्व तथा सो पार्टीसँग आवद्ध सबैमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट पाटी एकीकरण गरेकोमा हार्दिक बधाई एवं शुभकामना समेत व्यक्त गरेका छन्।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय