हिमाल दैनिक
समाजवादी पार्टी र राजपाबीचको एकतापछि बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार निर्वाचन आयोग पुगेर नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।लनयाँ दल दर्ताको निवेदन लिएर कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा उपेन्द्र यादव, राजेन्द्र महतो, शरदसिंह भण्डारीलगायतका नेता पुगेका थिए। निर्वाचन आयोगमा दल दर्ता गर्न नवगठित केन्द्रीय कमिटीको हस्ताक्षर आवश्यक हुन्छ । त्यसभन्दा अगाडि सम्बन्धित पार्टीका केन्द्रीय कमिटीले बैठक बसेर पार्टी एकताको निर्णय गर्नुपर्ने हुन्छ । त्यसपछि मात्रै दल दर्ताको प्रक्रिया सुरु हुन्छ । राजपा र समाजवादीका नेताहरू हतारहतार आयोग पुगेर बुधबार राति गरेको सहमतिको पत्र आयोगलाई बुझाएका थिए । त्यस्तै नयाँ पार्टी दर्ताको निवेदन नंवर १३८८ रहेको आयोगले जनाएको छ । https://www.facebook.com/himaldainik/videos/171815267351242/?t=4 निवेदन दर्तापछि नेता शरतसिंह भण्डारीले दुई दलबीच भएको सहमति आयोगमा पेश गरेको र आयोगले प्रक्रिया सुरु गर्ने बताए । उनले आयोगले मागेको कागजात छिटै पेश गर्ने बताए । त्यस्तै नेता उपेन्द्र यादवले जनता समाजवादी पार्टी गठनको जानकारी गराएको बताए । त्यस्तै नेता केशव झाले एकताको सहमतिपत्र बुझाएको र केन्द्रीय कमिटिको हस्ताक्षर लकडाउनपछि बुझाउने जानकारी दिए । बुधबार राति राजपा र समाजवादीले ४ बुँदे सहमति गर्दै पार्टी एकताको घोषणा गरेका थिए । दुवै पार्टीका ४–४ जना शीर्ष नेताले हस्ताक्षर गरेको सहमति पत्रमा पार्टी एकता समानताका आधारमा गर्ने, नवगठित पार्टीको नाम जनता समाजवादी पार्टी राख्ने, पार्टीको झण्डा समाजवादीको र चुनाव चिह्न राजपाले प्रयोग गर्दै आएको राख्ने भनिएको छ ।समाजवादी पार्टीबाट रेणु यादवसहितको समूह अलग हुने र अलग दल दर्ता गर्ने तयारी गरेपछि हतारमा राजपासँग पार्टी एकता गर्ने निर्णयमा समानवादी पुगेको थियो । नयाँ दल दर्ताका लागि निवेदन दिइए पनि कानूनी मान्यता पाउन बढीमा ४५ दिन लाग्नेछ।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update