हिमाल दैनिक
जनता समाजबादी पार्टी का नेताहरु दल दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन्।बुधबार मध्यरातमा राष्ट्रिय जनता पार्टी र समाजबादी पार्टी एकता भई सके पछि बनेको जनता समाजबादी पार्टीको दर्ता गर्न नेता हरु निर्वाचन आयोगमा पुगेका हुन्। पार्टी दर्ता गर्न असन्तुष्ट पक्षका रेणु यादव लगायत मोहम्मद ईश्तियाक राई, बिमल श्रीवास्तव, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, रेणुका गुरुङ आदि सांसदहरु भने आयोगमा उपस्थित भएका छैनन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मधेस केन्द्रीत दल विभाजनका लागि जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको तेस्रो दिनमै मधेसवादी दुई दलबीच एकीकरण भएको थियो। विगत दुई वर्षदेखि दुई दलबीच पटक पटक एकीकरणको वार्ता अन्तिम अन्तिम चरणमा पुगेर पनि टुंगोमा पुग्न नसकेका यी दुई दलका नेताहरु प्रधानमन्त्री ओलीले पार्टी विभाजनको लक्ष्य लिएर राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर आफूहरुमाथि आक्रमण गर्न लागेको पत्तो पाएपछि बाध्य भएर हतारमा पार्टी एकीकरण गरेका छन्। सोमबार सत्तारुढ नेकपाभित्रै कुनै छलफल र परामर्श नै नगरी राजनीतिक दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कार्यसमिति सदस्यमध्ये एकतर्फबाट ४० प्रतिशत सदस्यको हस्ताक्षर भएमा नयाँ दल गठन हुन सक्ने प्रावधान सहितको अध्यादेश जारी गरेपछि प्रधानमन्त्री ओलीको सत्ता र विपक्षी दलबाटै चर्को आलोचना भएको थियो। पार्टीकै शीर्ष नेताहरुले दल विभाजनको प्रावधान राखेको विषयले राजनीतिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाएपछि प्रधानमन्त्री ओलीले उक्त अध्यादेश आफ्नो पार्टीको विषयमा नभएर मधेस केन्द्रीत दललाई लक्षित गरि ल्याइएको जानकारी दिएका थिए।
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update