हिमाल दैनिक
सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका विवादस्पद दुई अध्यादेश अधिनायकवादी सोचले संविधानको मर्म र भावनामाथि प्रहार गर्न जारी गरिएको प्रतिक्रिया दिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसबारे सत्ताबाहिर रहेका राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राजनीतिक दल विभाजन सम्बन्धी पं्रावधानसहितको अध्यादेश र संवैधानिक परिषदमा विपक्षी दलको नेताविनै निर्णय गर्न सक्ने प्रावधानसहितको अध्यादेश जारी भएपछि आज बिहान बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले उक्त अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेको थियो। त्यसलगत्तै सभापति शेरबहादुर देउवाले सत्ताबाहिरका सबै राजनीतिक दलका नेताहरुसँग सामूहिक छलफल गरी साझा धारणा बनाउन बुधबार अपरान्ह २ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन्। देउवाका सहयोगी भानु देउवाका अनुसार, सभापति देउवाले संसदमा रहेका समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनता पार्टी, नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका सत्ताबाहिरका दलका नेताहरुलाई बैठकमा बोलाएका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेका अध्यादेशप्रति सत्ताबाहिरका दलमात्र होइन स्वयं सत्तारुढ दलभित्रैका अधिकांश नेताहरुले आलोचना गर्दै फिता लिन माग गरिरहेका छन्।
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update