सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेका दुई अध्यादेशप्रति संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले बचाऊ गरेका छन्।
मन्त्री भट्टराईले सामाजिक संजाल मार्फत सोमबार सरकारले मन्त्रिपरिषद बैठक मार्फत राजनीतिक दल सम्बन्धी ऐन संशोधन नेकपालाई लक्षित नभएको बताएका हुन्। उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई संयमित, गरौ रहन बताउदै जनमत, जिम्मेवारी र परिस्थितीले हाम्रो एकतालाई अझ सिमेन्टेड गर्नुपर्नेमा जोड दिए। उनले सरकारको निर्णय पार्टी लक्षित नभएको बताउदै उचाल्ने, पछार्ने काममा नलागौ, उत्तेजित नबन्न आग्रह गरेका छन्। उनले नेताहरुको परिपक्वता र कार्यकर्ताहरुको सचेतनताले नेकपा अझै बलियो बन्ने बताएका छन्।
सरकारको उक्त निर्णयले नेकपा भित्रका नेताहरु बीचको दुई धार अब प्रष्ट देखिएको छ। कोरोनाको कहरले देश २८ दिनदेखि लकडाउनमा राखेको बेलामा सरकारको राहत र व्यवस्थापनको पर्खाईमा रहेका नेपाली जनताको आशलाई कुल्चिदै जनताको आयुभन्दा आफ्नो सरकारले आफ्नो आयु लम्याउन कोशिसमा देखेपछि प्रतिपक्षदेखि सत्तापक्षका नेता तथा कार्यकर्ताहरुले सरकारको चर्को आलोचना गरे । आज दिनभरको राजिनिती गतिविधिले देशलाई चलाउन हिडेका एक प्लेनकाका को-पाइलटहरु बीच तालमेल नभएको प्रष्ट परेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय