प्रधानमन्त्री केपी शर्मा ओली केहि समय अगाडी राष्ट्रपति बिद्या देवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन्। नेकपा सचिवालयको बैठक सकिन नपाउदै प्रधानमन्त्री ओली दिन भरको पार्टी भित्र भएको खैलाबैलाको बिर्फ़ गर्न राष्ट्रपति निवास पुगेका हुन्।
आज बसेको मन्त्रिपरिषदको बैठकले एक्कासी दुई विवादस्पद र अलोकतान्त्रिक अध्यादेश जारी गरे संगै नेकपाभित्र निकै दौड बढेको थियो। अध्यादेश जारी गरेको दुई घण्टा बित्न नपाउदै राष्ट्रपति बिद्या देवी भण्डारीले जारी गरेकी थिइन्। मन्त्रिपरिषदको बैठकमा तीन मन्त्री असन्तुष्ट हुँदा हुदै अध्यादेश जारी गरेपछि बालुवाटार देखि खुमलटारसम्म खैलाबैला मचेको थियो।
केहि समय अघिदेखि दुई अध्यक्षबीच मतभेडको गन्द आइराखेको बेला एकाएक प्रधानमन्त्रीले जारी गरेपछि पछिल्लो केहि घण्टा यता पार्टी टुट्नेसम्म संखेत देखिएको नेकपाकै नेताहरुले बताउछन्। मन्त्रिपरिषदको बैठकको निर्णयलाई कसैले समर्थन गरेका छन् भने कसैले यसको चर्को बिरोध गरेका छन्।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय