
नेपाल कम्युनिष्ट पार्टीकी सांसद रामकुमारी झाँक्रीले सरकारले ल्याएको राजनीतिक दल विभाजनको व्यवस्था सम्बधि अध्यादेशमाथि आफ्नो असन्तुष्ट जनाएकी छिन्। सोमबार मन्त्रिपरिषदको बैठकले राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले अध्यादेश जारी गर्ने निर्णयप्रति झाँक्रीले सामाजिक संजाल मार्फत आपत्ति जनाएकी हुन्।
उनले फेसबुकमा लेखेकी छिन्, 'पार्टी बिभाजन गर्न सजिलो पार्न ल्याएको अध्यादेशले लोकतन्त्रलाई बलियो बनाउछ रे हो? किन कुबुद्धी आएको?'। त्यस्तै थप अर्को स्ट्याटसमा उनले लेखेकी छिन्,'कमरेड! कानुनले पार्टी फूट्न र रोक्न दुबै सक्छ।जसको पार्टी बिभाजन गर्ने दुश्वप्ना देखेर अध्यादेश ल्याए पनि त्यो अपराध हो। किन की आज हामीलाई राजनितीक एकता चाहिएको छ। बिभाजन होईन।'
आज मन्त्रिपरिषदले गरेको निर्णयले नेकपा भित्रकै नेता तथा कार्यकर्तालाई चकित बनाएको छ। मुलुक अहिले कोरोना संग जुधि राखेको बेलामा प्रधानमन्त्रीले एक्कासी दुई दुई विवादस्पद र अलोकतान्त्रिक अध्यादेश जारी गरेपछि सत्तापक्ष र प्रति पक्षमा नै खैलाबैला मच्चिएको छ। आज दिउसो मन्त्रिपरिषद निर्णय गरेको अध्यादेश आज नै राष्ट्रपतिले जारी गरेकी छिन्। अब यो अध्यादेश संसद सुरु भएको ६० दिन भित्र अनमोदन गर्नुपर्नेछ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय