प्रतिनिधि सभाा सदस्य पदका लागि भएको निर्वाचनमा गोरखाका जनताले अस्विकृत गरेपनि गण्डकी प्रदेशभरी पार्टी प्रतिनिधिहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित गरिदिएका छन्।
बिहिबार राष्ट्रिय सभाका लागि भएको निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका, नगर, उपमहानगर र महानगरपालिकाका प्रमुख र उपप्रमुखले गरेको मतदानबाट प्रवक्ता श्रेष्ठ अन्य समूहको सदस्यका रुपमा निर्वाचित भएका हुन्।
यसैगरी दुई नम्बर प्रदेशमा दलित तर्फ नेकपाकै राधेश्याम पासवान तथा महिलामा तुलसा दाहाल निर्वाचित भएका छन्। राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सिटमा बिहिबार मतदान भएकाे थियाे जसमा १६ जना नेकपा र २ जना राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार विजय हुने प्रबल सम्भावना रहेकाे छ।
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय