हिमाल दैनिक
‘कितावमा कर! फिर्ता गर !!’
kitab
भारत लगायत तेस्रो मुलुकबाबट आयात हुने किताब तथा पत्रिकामा १० प्रतिशत कर लगाउने सरकारी नीतिविरुद्ध विरोध काठमाडौंको माइतिघरमा प्रर्दशन तथा खबरदारी सभा गरिएको छ। उच्च शिक्षाको पाठ्यक्रमकै पनि कतिपय पुस्तक विदेशबाट आउनु पर्ने तर सरकारले कर लगाएपछि त्यसको भार विद्यार्थीलाई पर्ने भएकाले त्यसलाई खारेज गर्न माग प्रर्दशन तथा खबरदारी सभा आयोजना गरिएको हो । ‘कितावमा कर! फिर्ता गर !!’ भन्ने मूल नाराका साथ आयोजित प्रर्दशनमा नेपाली कांग्रेसका सांसद्वय प्रदिप गिरी र गगन थापा लगायत आम सर्वसाधारण तथा पाठकहरुको सहभागीता रहेको थियो । उनीहरुले पुस्तकमा नभइ अन्य बस्तुमा कर लगाउन सरकारलाई सुझाव दिएका थिए । साउनदेखि कात्तिकसम्म १३ करोड २१ लाख ५३ हजारको ११ लाख ४९ हजार ७ सय ४७ वटा किताब आयात भएको छ । यसमा तयारी किताब मात्रै नभएर ब्रोसर, छापिएर आएका पर्चा, शब्दकोष तथा ज्ञानकोष पनि रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update