चलचित्र बोर्डका अध्यक्ष एवं बरिष्ठ कलाकार स्वर्गीय केशव भट्टराईको सोमबार राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकलु बाँस्कोटा अन्तिम श्रद्धाञ्जलि दिन पशुपति आर्यघाट पुगेका थिए।
भट्टराईको हृदयघातका कारण आइतबार राती ५१ वर्षको उमेरमा निधन भएको थियो । यस्तै सोमबारै अर्का वरिष्ठ कलाकार दीपक क्षेत्रीको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । क्षेत्री शनिबार आफ्नै कोठमा मृत फेला परेका थिए। लामो समयदेखि विरामी क्षेत्रीको उपचारका लागि खर्च जुटाउन कलाकर्मीहरुले अभियान नै चलाएका थिए । दुबै लोकप्रिय कलाकारको अन्तिम संस्कारमा पशुपति आर्यघाटमा कलाकर्मी र सर्वसाधारणको ठूलो भीड लागेको थियो ।
https://www.facebook.com/himaldainik/videos/767853917031212/
यसअघि सोमबारै चलचित्र विकास बोर्डमा चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा एक कुशल अभिनेता भट्टराई र अर्का बरिष्ठ अभिनेता दीपक क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो । सो क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल बोर्ड पुगी श्रद्धाञ्जली अर्पण गरेका थिए।
शनिबार आफ्नै निवासमा मृत भेटएका क्षेत्री र आइतबार एक्कासी निधन भएका भट्टराईको संयुक्त श्रद्धाञ्जली गरिएको हो । त्यस्तै कलाकार हरिवंश आचार्य, निखिल उप्रेती, रमेश उप्रेती, सरोज खनाल, रेखा थापा, सरिता लामछाने लगायतका कलाकारहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय