हिमाल दैनिक
कोरोनाको प्रभावः दिल्लीमा आइपिएल रद्द
ipl-delhi-ban
बिश्वभर माहामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस (कोविड(१९)को प्रभाव इन्डियन प्रिमियर लिग (आइपिअल) २०२०मा पनि देखिएको छ। बिश्व स्वास्थ्य संगठनले कोरोनालाई महामारीको रुपमा घोषित गरेपछि यसपाली भारतको राजधानी दिल्लीमा हुने आइपिएलको खेलहरुमा दिल्ली सरकारले रोक लागेको हो। दिल्लीका उपमुख्यमन्त्रीले शुक्रबार बिज्ञप्ति जारी गर्दै सबै खेलहरु दिल्लीमा आयोजना गर्नमा रोक लागेको छ। बिज्ञप्तिका अनुसार दिल्लीमा ठुलो सभा सम्मेलन, कार्यक्रम वा खेल आयोजना गर्न पाउने छैन। मार्च ३० मा आइपिएलको पहिलो खेल दिल्ली राखिएको थियो भने दिल्लीमा कुल सातओटा खेल आयोजना गरिएको थियो। खाली स्टेडियममा हुन सक्ने यस बर्षको आइपिएल दिल्ली सरकारको उक्त निर्देशनपछि यस बर्षको आइपिएल खाली स्टेडियममा हुन सक्ने सम्भावना बढेको छ। भारतीय सञ्चार मध्यमका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यस बर्षको आइपिएलको एडिसन खाली स्टेडियममा गर्ने कुरामा विचार गरेको छ। भारत र दक्षिण अफ्रिका बीचको एक दिने खेलको अन्तिम दुई खेल खाली स्टेडियममा गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update