हिमाल दैनिक
ए डिभिजन लिग: संकटा क्लबको फराकिलो जित
Sankata-Club
सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम खेलमा संकटा क्लबले फराकिलो जित निकालेको छ । सातदोबाटोमा बिहिबार भएको खेलमा संकटाले रेलिगेशनमा परेको टिम सरस्वती युथ क्लबलाई ६–२ गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा संकटालाई जित दिलाउन मेसौकेले दुई गोल गरे । यस्तै सुवास गुरुङ, टिका राज गुरुङ र रोशन पहाडीले एक एक गोल गरे । संकटाले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । सरस्वतीका काजिम बुसारीले दुई गोल फर्काए । सरस्वतीका पूर्ण बहादुर श्रेष्ठले आत्मघाती गोल गरे । फराकिलो जितसँगै संकटाले लिगको सुखद अन्त्य गरेको छ । तर, संकटा शीर्ष ६ मा पुग्न भने असफल भयो । संकटाले १३ खेलमा १८ अंक जोडेर सातौं स्थानमा रहेको छ । सरस्वतीले भने हारबाट शीर्ष डिभिजन लिगको अन्त्य गर्दै ’बी’ डिभिजनमा झरेको छ । पुछारको सरस्वतीले १३ खेलमा मात्र ४ अंक जोड्यो । यस्तै बिहीबार नै भएको अर्को खेलमा एपीएफले ब्रिगेड ब्वाईज क्लबसँग १–१ गोलको बराबरी खेलेको हो । ब्रिगेडसँगको बराबरीसँगै एपीएफले १३ खेलमा ९ अंक जोड्यो । १३ खेलमा ९ अंक नै जोडेको ब्रिगेडले लिगको १३ औं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ । त्यस्तै बिहीबार नै भएको अर्को खेलमापुलिसले फ्रेन्ड्स क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । यस्तै पुलिसले लिगको शीर्ष ६ पक्का गरेको छ । लिगमा शीर्ष ६ पक्का गरेसँगै पुलिसले अब राष्ट्रिय लिग खेल्ने भएको छ ।
प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update