हिमाल दैनिक
क्रिकेट खेलाडीकाे ग्रेड छुट्याउँदै क्यान
can-meeting-1536x707
नेपाल क्रिकेट संघ क्यानले महिला र पुरुष खेलाडीको नयाँ बर्गिकरण गरेको छ । जसमा पुरुषमा २४ र महिलामा १८ खेलाडीलाई नयाँ बर्गिकरणमा राखेको छ । नेपालमा महिला खेलाडीको केन्द्रिय सम्झौताका लागि खेलाडी बर्गिकरण भएको यो पहिलो पटक हो । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले पुरुषमा ए प्लस, ए, बी र सी श्रेणीमा खेलाडी बर्गिकरण गरेको छ भने महिलामा ए, बी र सी श्रेणीमा खेलाडीको केन्द्रिय सम्झौता गर्ने भएको छ । जसका लागि क्यानको कोषध्यक्ष रोशन सिंहको संयोजकत्वमा तीन सदस्यिय समिती गठन गरेको छ । यसअघि क्यानले चार श्रेणीमा खेलाडीसँग केन्द्रिय सम्झौता गरेको थियो । तर क्यान निलम्बन भएपछि खेलाडीले आइसीसीबाट त्यसबाफतको रकम लामो समयको पर्खाइमा पाइरहेका थिए । अब क्यान आफैले फेरी खेलाडीसँग केन्द्रिय सम्झौता गर्नेछ । जसमा खेलाडीले अहिले पाउँदै आएको रकम भन्दा कन्तिमा १० हजार रुपैयाँ बढाउनेगरी सम्झौता गरिने तयारी गरेको छ । पुरुष खेलाडीले अहिले ए श्रेणीमा हुनेले ३५, बी मा हुनेले २५, सी मा हुनेले १५ हजार रुपैयाँ पाउदै आएका थिए । यस्तै क्यानले नेपाली क्रिकेट टिमले अन्तराष्ट्रिय स्तरमा खेल्ने खेलको म्याच फि पनि परिवर्तन गरेको छ । यो बर्षको सुरुवात देखि लागु हुनेगरी क्यानले अन्तराष्ट्रिय एकदिवसीय र टी २० मा प्रत्येक खेलमा ५ हजार रुपैया म्याच फि दिने निर्णय गरेको छ । नेपाली खेलाडीले अहिलेसम्म खेले वाफत म्याच फि पाउने गरेका थिएनन् । प्रतियोगिताका बेला सामान्य खर्च दिने गरेपछि म्याच फि भनेर क्यानले पहिलो पटक दिन लागेको हो । यस्तै क्यानले चैत्रको तेस्रो सातादेखि सिनीयर एकदिवसिय क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update