हिमाल दैनिक
साविक विजेता मनाङ मसर््याङ्दी क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो हार व्यहोरेको छ। सातदोबाटोमा सोमबार च्यासल युथ क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै मनाङले लिगमा पहिलो हार व्यहोरेको हो। एन्फा कम्प्लेक्समा च्यासललाई जित दिलाउन ताइगा नाकामुरा र सन्तोष साहुखलले एक एक गोल गरे। खेलको २४ औं मिनेटमा नाकामुराको गोलबाट च्यासलले अग्रता बनाएको थियो। उनले फ्रिकिकबाट गोल गरेका थिए। त्यसपछि खेलको इन्जुरी समयमा सन्तोषले गोल गर्दै च्यासललाई २–० को सहज जित दिलाए। च्यासलसँगको हारसँगै मनाङको उपाधि यात्रामा धक्का लागेको छ। यस्तै मनाङको अपराजित यात्रामा समेत पूर्ण्विराम लागेको छ। लिगको दशौँ चरणमा पहिलो हार व्यहोरेको मनाङले १० खेलमा १९ अंक जोडेको छ। मनाङ लिगको तेस्रो स्थानमा रहेको छ। मनाङलाई हराएसँगै च्यासलले भने लिगमा तेस्रो जित निकालेको छ। च्यासलले १० खेलमा १२ अंक जोडेको छ। च्यासल लिगको नवौं स्थानमा उक्लिएको छ। खेलमा च्यासलका जापानी खेलाडी हायातो वाकिनो म्यान अफ दि म्याच चुनिए। यसअघि सोमबार नै भएको पहिलो खेलमा जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै जीत हासिल गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा जाउलाखेलले विग्रेड ब्वाइजलाई १–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो। जाउलाखेलको जीतमा सुजित बुढाथोकी नायक बने। उनले खेलको पहिलो हाफको ३२ मिनेटमा गरेको एक गोल नै जाउलाखेलका लागि निर्णायक गोल साबित भयो। यस खेलसँगै १० खेल पूरा गरेको जाउलाखेलले १५ अङ्क बटुलेको छ। समान खेल खेलेको व्रिगेड ब्वाइजको भने आठ अङ्क छ। प्रतियोगीता अन्तर्गत मंगलबार एकमात्र खेल दिउसो तीन बजे न्युरोड टिम एनआरटी र फ्रेन्ड्सबीच एन्फा मैदानमा हुनेछ।
प्रकाशित मिति: शुक्रबार, माघ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update