वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् ।
पोखरा राइनोजले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) को खेल तालिका अनुसार गेलले खेल्न खेलको तय हुनेछ ।
गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताए ।
उनलाई कति रकममा ल्याउन लागेको भन्ने खुलाइएको छैन ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । गेल किङ्स इलाभेन पन्जाबबाट आईपीएल खेल्ने गर्छन् । वेस्ट इन्डिजका लागि गेलले १ सय ३ टेस्ट, ३ सय १ वान डे र ५८ टि ट्वान्टी खेलेका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय