पाँचौ प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता फागुनको पहिलो साता आयोजना हुने भएको छ । नेपाली सेना अन्तर्गतको सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा हुने प्रतियोगिता फागुन ३ गते हुने भएको छ ।
आर्मी अफिसर्स क्लबमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता बिज्ञानदेव पाण्डेले प्रतियोगिता आगामी फागनु ३ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने जानकारी दिए ।
प्रतियोगितामा पुरुषको फुल म्याराथन, महिला र पुरुषको हाफ म्याराथन,१० किमिको सैनिक सहचारी, सैनिक अधिकृत र गैर सैनिकको महिला र पुरुष दौडमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमीको दौड हुनेछ । म्याराथनमा पहिलो हुने खेलाडीले १ लाख २५ हजार नगद पुरस्कार पाउने छन् ।
यस्तै १ सय ५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पनि पाउने बताईएको छ । त्यस्तै दोस्रोले ६५ हजार, तेस्रोले ३५ हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार, छैठौले १० हजार, सातौले ७ हजार, आठौंले ५, नवौंले ३ र दशौँले २ हजार पाउने छन् ।
हाफ म्याराथनतर्फ ४५ वर्षसम्मका पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ५० हजार, ३५ हजार र २५ हजार पाउनेछन् । हाफ म्याराथनको ४५ वर्षमाथि उमेर समूहका खेलाडीले ४० हजार, २५ हजार र १५ हजार पाउने प्रवक्ता पाण्डेले बताए । उनले सवै क्षेत्रका व्यक्तिहरुलाई म्याराथनमा सहभागी हुन आग्रह गरे ।
सेनाले १० किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश १० हजार, ७ हजार र पाँच हजार पाउने जनाएको छ । पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले १० हजार, दोस्रोले सात हजार र तेस्रो हुने खेलाडीले पाँच हजार पाउने छन् । महाशिवरात्री पर्व तथा सेना दिवसका अवसरमा सेनाले हरेक बर्ष म्याराथन आयोजना गर्दै आएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय