हिमाल दैनिक
सहिद स्मारक ए डिभिजन लिगमा दुई विभागिए डर्वीमा नेपाल पुलिस क्लव विजयी भएको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफ क्लवलाई एक शुन्यले हरायो । जारी लिगमा पुलिसको यो चौथो जित हो । जसका कारण पुलिस शिर्ष पाँचमा उक्लिएको छ । दशरथ रंगशालामा भएको खेलमा पुलिसले एपीएफमाथि प्रभावशाली खेल खेलेको थियो । उसको जितमा भोला सिलवालको एकमात्र गोल निर्णायक बन्यो । खेलको ११ औं मिनेटमा पुलिसले पेनाल्टी पाएको थियो । निरकुमार राईको कर्नरबाट आएको बललाई भरत शाह बल हान्न खोज्दा एपीएफका राजन गुरुङले डिबक्समा लडाएका थिए । जसका कारण पुलिसले पेनाल्टी पायो । जसलाई भोलानाथ सिलवालले गोलमा परिणत गरेका थिए । यो जितले पुलिसले नौ खेलमा चार जित दुई बराबरी र तीन हारका साथ १४ अंक बनाएको छ । जसका कारण पुलिस शिर्ष पाँचमा पुगेको छ । एपीएफको लिगमा यो छैटौं हार हो । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको मात्र पाँच अंक रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update