साविक विजेता मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो ।
जितसँगै मनाङले ८ खेलमा १६ अंक जोडेको छ । र, त्रिभुवन आर्मी क्लबलाई गोल अन्तरले पछि पार्दै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको ७ खालमा १६ अंक रहेको छ । सरस्वतीको ८ खेलमा १ अंक रहेको छ । सरस्वती पुछारमा रहेको छ ।
प्रकाशित मिति: मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय