शहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामामा मछिन्द्र फुटबल क्लबले विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा मछिन्द्रले पुलिसलाई १–० गोल अन्तरले हराएको हो।
मछिन्द्रको जितमा रञ्जित धिमालले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा धिमालले आफ्नो क्लबका लागि गोल गरेर जितको आधार बनाए।
खेलको ५२औं मिनेटमा धिमालले फ्रिकिकबाट उत्कृष्ट गोल गरे। पुलिसमाथिको जितसँगै मछिन्द्रले लिगमा पाँचौं जित हात पारेको छ। मछिन्द्रले ८ खेलमा १६ अंक जोडेर शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ।
गोल अन्तरले पछि परेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ। पुलिसले ८ खेलमा ११ अंक जोडको छ। लिगमा तेस्रो हार व्यहोरेको पुलिस छैटौं स्थानमा रहेको छ। प्रतियोगीता अन्तर्गत बिहीबार हिमालय शेर्पा र थ्री स्टार तथा जावलाखेल र शसस्त्र प्रहरीको एपिएफबीच प्रतिष्पर्धा हुने एन्फाले जनाएको छ।
प्रकाशित मिति: आइतबार, माघ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय