चर्चित लेगस्पिनर सन्दीप लामिछानेले काठमाडौं किङ्स इलाभेनबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । सन्दीपलाई इपिएलको नयाँ सिजनका लागि काठमाडौंले किनेको हो । इपिएलको नयाँ सिजन आगामी १–१५ चैतमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदै छ । सन्दीपले इपिएलको अघिल्ला दुई सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका थिए ।
इपिएलले नयाँ सिजनका लागि तय गरेको ‘प्लेयर ट्रेड’को प्रावधानअनुसार काठमाडौंसँग सन्दीपको अनुबन्ध सम्भव भएको हो । इपिएलले बुधबार ट्विटमार्फत नयाँ सिजनका लागि सन्दीपलाई काठमाडौंले किनेको जानकारी गराएको हो ।
यो प्रावधानअनुसार बेच्ने र किन्ने टोलीबीच सहमति बनेको अवस्थामा आधार मूल्य दुई लाख हुने गरी कुनै पनि टोलीले खेलाडी अनुबन्ध गर्न सक्नेछ । अनुबन्ध रकम त्योभन्दा बढी पनि हुन सक्नेछ । अनुबन्ध रकम दुई लाखभन्दा माथि भए बाँकी रकमको ६० प्रतिशत खेलाडी र बाँकी बेच्ने टोलीलाई जानेछ । सन्दीपको अनुबन्ध रकम भने आयोजकले खुलाएको छैन । यही प्रावधानअनुसार यसअघि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको पनि क्लब परिवर्तन भएको छ । दीपेन्द्रलाई काठमाडौं र सोमपाललाई चितवनले किनेका हुन् । अघिल्लो सिजनमा दीपेन्द्र चितवन र सोमपाल काठमाडौंका मार्की खेलाडी थिए ।JUST IN: @IamSandeep25 has confirmed to play the coming season of EPL. @KathmanduKings has bought this young global superstar and with the little prince of Nepali cricket in their lineup, @binodsum seems to have acquired the right balance and put his team as strong contenders!
— EPL - Everest Premier League (@eplt20official) January 15, 2020
प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय