काठमाडौँ । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा वेस्टइन्डिजलाई ४ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा आयरल्याण्डले दिएको २०९ रनको लक्ष्य पछाएको वेस्टइन्डिज २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन मात्र बनाएपछि खेल ४ रनले गुमाएको हो ।
वेस्टइन्डिजका लागि एवीन लुइ ले २९ बलमा ५३ रन बनाए भने केरन पोलार्डले २८, निकोलस पुरन र शेर्फान रुदार्फोर्डले २६-२६ रन बनाए । त्यस्तै शेमरन हेटमेयरले २८ तथा लेंडी सिमन्सले २२ रन बनाए ।
सन्यास पछि अन्तर्राष्ट्रिय टी-२० मा फर्किएका डवाने ब्राभोले भने ९ रन मात्र बनाए ।
आयरल्याण्डका बलर जोश लिटिलले ३ विकेट लिए भने क्रेग योंगले २ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।
आयरल्याण्डका लागि पउल स्टिरलिंगले ४७ बलमा ९५ रनको पारी खेलेका थिए । त्यस्तै केबिन ओब्रायनले ४८ रन बान्ये भने ग्यारेथ डेलानीले १९ रन बनाए ।
वेस्टइन्डिजका बलर डवाने ब्राभो, शेल्डन कोट्रेल र खरी पिएररेले २-२ विकेट लिए ।
यसका साथै ३ खेलको सिरिजमा आयरल्याण्ड १-० ले अगाडी भएको छ । सिरिजको दोस्रो खेल १९ जनवरीमा हुदै छ ।