हिमाल दैनिक
मोनाकोमाथि पिएसजीको सहज जित, एम्बाप्पेले गरे दुई गोल
neymar

काठमाडौँ । फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले मोनाको माथि ४-१ गोल अन्तरले सहज जित हासिल गरेको छ।

गएराती सम्पन्न खेलमा पिएसजीले मोनाकोलाई पराजित गरेको हो ।

पिएसजीको जितमा किलीयन एम्बाप्पेले दुई गोल गरे भने नेइमार र पाब्लो सरबियाले एक एक गोल गरेका थिए ।

त्यस्तै मोनाकोका लागि टिएमोउ बाकायोकोले एक गोल फर्काएका थिए ।

पीएसजले एम्बाप्पेको गोलबाट २४ औं मिनेटमा खेलमा अग्रता लिएको थियो। पहिलो हाफको ईन्जुरी समयमा पीएसजीले अग्रता दोब्बर बनायो। उसका लागि नेयमारले पेनाल्टीमा गोल गरेका थिए। सर्बियाले ७२ औं मिनेटमा पीएसजीलाई ३–० अग्रता दिलाए। यता मोनाकोका बकायोकाले खेल सकिन ३ मिनेट अगाडी घरेलु टोलीका लागि एक गोल फर्काए। तर पीएसजीका लागि अन्तिम ईन्जुरी समयमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै ४–१ को जित दिलाए।

यो जितसँगै पिएसजीले लिग वानमा २० खेलमा १६ जित एक बराबरी र ३ हारसहित ४९ अंक बटुलेर दोस्रो स्थानमा रहेको मार्सेलीविरुद्ध ८ अंकको स्पष्ट अग्रता हासिल गरेको छ ।

त्यस्तै मोनाकोको भने २० खेलमा २९ अंक रहेको छ र लिगको नवौ स्थानमा रहेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update