हिमाल दैनिक
विराट फेरि पनि आइसीसी वानडे र टेष्ट टिमका कप्तान, को–कोले पाए मौका?
Virat-Ko100
काठमाडौंः एकदिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियासँग १० विकेटले पराजित भएपछि अहिले भारतीय समर्थक निकै दुखी छन् । दुःखलाई भूलाउनका लागि भारतीय क्रिकेट समर्थकका लागि केही खुसीको खबर सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक अवार्डले भारतीय क्रिकेट समर्थकलाई केही खुसी मिलेको हाे । आइसीसीले सार्वजनिक गरेको अवार्डमध्ये उत्कृष्ट ब्याट्सम्यानको अवार्ड रोहित शर्माले जितेका छन् । विराट कोहलीले लगातार तेस्रो वर्ष पनि आइसीसीको वानडे र टेष्ट टिमका कप्तान चुनिएका छन् । आइसीसी टेष्ट टिममा २ भारतीय खेलाडीले मात्र मौका पाएका छन् । आइसीसी टेष्ट टिममा विराट कोहली र मयंक अग्रवालले मात्र मौका पाएका हुन् । आइसीसी २०१९ को वानडे टिममा भने ४ भारतीय क्रिकेटरे मौका पाएका छन् । वानडे टिममा विराटसहित रोहित, मोहम्मद शामी र कुलदीप यादवले मौका पाएका हुन् । आइसीसीद्वारा छनोट टेष्ट टिमः मयंक अग्रवाल, टम लाथम, मार्नस लाबुशाने, विराट कोहली (कप्तान), स्टिभ स्मिथ, बेन स्टोक्स, बीजे वाटलिङ (विकेटकीपर), प्याट कमिन्स, मिचेल स्टार्क, नेल वेग्नर र नाथन लायन । आइसीसीद्वारा छनोट वानडे टिमः रोहित शर्मा, शाई होप, विराट कोहली (कप्तान), बाबर आजम, केन विलियमसन, बेन स्टोक्स, जस बटलर (विकेटकीपर), मिचेल स्टार्क, ट्रेट बोल्ट, मोहम्मद शामी र कुलदीप यादव । इंग्ल्याण्ड क्रिकेट टिमका अलराउन्डर बेन स्टोक्सले २०१९ को प्लेअफ दि इयरको उपाधि जितका छन् । आइसीसी विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा स्टोक आइसीसी बर्षको उत्कृष्ट खेलाडी घोषित भएसँगै उनले प्रतिष्ठित सर गारफिल्ड सोबर्स ट्रफि पाएका छन् । न्यूजिल्याण्ड विरुद्धको खेलमा अविजीत ८४ रन प्रहार गरेका स्टोकले २० खेलमा सात सय १९ रन बनाउँनुका साथै १२ विकेट लिएका थिए । यस्टै टेष्टमा उनले २०१९ मा ११ टेष्टमा ८२१ रन बनाउनुका साथै २२ विकेट लिएका थिए । जसमा एसेस टेष्ट अन्तर्गत लिड्समा बनाएको एक सय ३५ रनले उनलाई ठुलो चर्चा दिलाएका थिए । उनको सो प्रदर्शनका कारण सो टेष्टमा इंग्ल्याण्ड हारबाट बचेको थियो । यस्तै अष्ट्रेलियाका पाट कुमिन्स बर्षको उत्कृष्ट टेष्ट प्लेयर बने । यस्तै भारतका रोहित शर्मा बर्षको उत्कृष्ट एकदिवसिय खेलाडी बने । भारतकै दिपक चाहर टी–२० उत्कृष्ट प्रदर्शनकर्ता बने भने अष्ट्रेलियाका मार्नुस लाबुसेनले इमर्जिङ क्रिकेटर अफ दी इयरको उपाधि जिते । स्कटल्याण्डका केली कोइट्जेरले एसोसियट क्रिकेटर अफ दी इयर बने । गतबर्ष तीन वटा विधाको उपाधि जितेका भारतीय कप्तान विराट कोहलीले स्प्रिट अफ क्रिकेट अवार्ड जिते । यसका साथै उनले टेष्ट र एकदिवसिय क्रिकेटको उत्कृष्ट कप्तानको उपाधि जिते । इंग्ल्याण्डका रिचार्ड इलिङवर्थले बर्षको उत्कृष्ट अम्पायर बने । जसमा उनले डेविड सेफर्ड ट्रफि हात पारे । यो अवार्ड जित्ने उनी सातौ अम्पायर बनेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update