१३ औं सग अन्तर्गत पुरुष फुटबलमा नेपालले लगातार दुई चोटी स्वर्ण पदक हात पर्न सफल भएको छ। नेपाल र भूटानबीच दशरथ रङ्गशालामा भएको फाइनल खेलमा नेपालले २-१ को अग्रताले कायम गर्दै यसपालीको पनि स्वर्ण पदक आफ्नो नाम गरेको छ।
घरेलु मैदानमा भएको खेलमा नेपालका अभिषेक रिजालले १६औ मिनेटमा गोल गरेर टिमलाई अग्रता लिए थियो तर उनको अग्रता लामो समय टिक्न सकेन। २२ मिनेट नबित्दै भुटानीका खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल फर्काएका थिए । पहिलो हाफ बराबरीमा सकेपनि दोस्रो हाफको सुरुवातमै नेपालले अग्रता लिएको हो। खेलको ५४औ मिनेटमा नेपालका सुनिल बलले गोल गरेर नेपालको जित सुनिश्चित बनाएको थियो। समूह चरणमा भएको खेलमा नेपाल४-० को अग्रताले भुटानलाई हराएको थियो।
तीन वर्षअघि भारतमा भएको सागमा पनि नेपालले जीत हासिल गरेको थियो। फाइनलमा आयोजक राष्ट्र भारतलाई २-१ जीत निकाल्दै स्वर्ण पदक आफ्नो नाम गरेका थियो। छैठौ पटक साग फाइनलमा पुगेको नेपाल अहिलेसम्म चार पटक स्वर्ण पदक जितेको छ।
यस संगै नेपालले यसपाली ५१ औ स्वर्ण पदक हात परेको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय