साग अन्तर्गत जुडोमा महिला तर्फ नेपालले अर्को स्वर्ण जितेको छ । सोमबार महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितिन ।
योसँगै जारी सागमा जुडोमा स्वर्ण जित्ने पुनम दोस्रो महिला खेलाडी बनेकी छिन । पुनमले बंगलादेशकी खानुमलाई हराउँदै स्वर्ण हात पारिन । सागमा उनको यो पहिलो स्वर्ण हो । उनले खानुमलाई नकआउट गरेकी थिइन ।
https://www.facebook.com/himaldainik/videos/2550692595254683/
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय