हिमाल दैनिक
भुपेन्द्र र मीनुले दिलाए बक्सिङमा नेपाललाई दुई स्वर्ण(भिडियो सहित)
boxing
१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् बक्सिङमा नेपालले दुईओटा स्वर्णपदक जितेको छ । सोमबार सातदोबाटोस्थित कराते कर्भडहलमा भएको फाइनलमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडी शिक्षालाई हराएर मीनुले स्वर्णपदक जितेकी थिइन् । त्यस्तै, भूपेन्द्रले ६४ केजी तौल समूहमा भारतकै खेलाडी मनीष कौशिकलाई हराएर स्वर्णपदक जितेका थिए। नेपालबाट ९ खेलाडी फाइनलमा पुगेकामा दुई खेलाडीले रजतपदक जितेका छन् । https://www.facebook.com/himaldainik/videos/446011926344212/ ४८ किलो तौल समूहमा ललिता महर्जनले र ६० किलो तौल समूहमा संगीता सुनारले रजत जितेका हुन् । ललिता र संगीतालाई फाइनलमा भारतीय खेलाडीहरुले पराजित गरेका हुन् । पाँच खेलाडीहरुको फाइनल खेल आज हुनेछ । ५१ केजीमा माला राई, ६० केजीमा सनिल शाही, ८१ केजीमा गणेश प्रधानसहित पाँचजनाले फाइनल खेल्दैछन् । महिला ५७ केजीको खेलमा चन्द्रकला थापा, पुरुष ५२ केजीमा तेजबहादुर देउवाले कास्यपदक जितेका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update