नेपाली पौडी खेलाडी गौरीका सिंहले फेरी अर्को स्वर्ण जितेकी छन् ।
जारी १३ औं साग खेलकुदमा गौरीकाले सोमबार चौथो स्वर्ण पदक जितेकी थिइन्। गौरीकाकाले एक सय मिटर फ्रिस्टाइलमा स्वर्ण हात पारेकी थिइन्। हिजो उनले सातदोबाटोस्थित पौडी पोखरीमा निर्धारित दुरी ५८.१३ सेकेण्डमा पुरा गर्र्दै नयाँ कृतिमान कायम गरिन । गौरिकाले भारतीय खेलाडी शिवांगी शर्मालाई पछि पार्दै नयाँ कीर्तिमान रचिइन ।
https://www.facebook.com/himaldainik/videos/784789012004815/
भारतीय पौडी खेलाडी शिवांगीले समय ५८.१५ सेकेन्डमा पुरा गरिन । यस अघि तेक्वान्दो खेलाडी दीपक विष्टले सागमा ४ स्वर्ण पदक जितेर कीर्तिमान बनाएका थिए । गौरीकाले दीपकसँग कीर्तिमान बराबरी नगरि एकै सागमा चार स्वर्ण जित्ने कीर्तिमान समेत बनाइन । उनले १३ औं सागमा ४ स्वर्ण, २ रजत र २ कास्य पदक हात पार्न सफल भएकी छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय