१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटलबमा नेपाल फाइनलमा पुगेको छ। आज दशरथ रंगशालामा भएको खेलमा नेपालले बंगलादेशसंग १-० को गोल अन्तरमा जित हासिल गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो।
[caption id="attachment_79379" align="aligncenter" width="1920"] तस्वीरः तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा आइतबार नेपाल र बङ्गलादेशबीच भएको फुटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।[/caption]
राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालको कप्तान सुजलको पासमा सुनिल बलले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएका थिए। पहिलो हाफको त्यो अग्रता नै खेलको पहिलो र अन्तिम गोल हुन पुग्यो। खेलको अन्तिम समयमा बंगलादेशका कप्तान जमल भुइयाले हात हालेपछि रफ़्रिले उनलाई दोहोरो यल्लो कार्डसहित रेड कार्ड दिएका थिए।
[caption id="attachment_79380" align="aligncenter" width="1920"] तस्वीरः तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा आइतबार नेपाल र बङ्गलादेशबीच भएको फुटबल खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी ।[/caption]
सागको पुरुष तर्फको फाइनल खेल मंगलबार दिउसो ३ बजे दशरथ रंगशालामा हुनेछ। यस अघि राउन्ड रोविन लिग अन्तर्गत भुटानसंग भएको खेलमा नेपालले ४-० जीत हासिल गरेको थियो। नेपाल यससंगै लगातार तेस्रो पटक फाइनलमा पुगेको हो। यसअघि भारतले आयोजक गरेको सागमा नेपालले आयोजक राष्ट्र भारतमाथि २-१ जीत निकाल्दै स्वर्ण पदक आफ्नो नाम गरेका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय